Monday, October 7, 2013


तुलसीपुरमा Gang Fight, खुकुरी प्रहार गर्दादुई घाइते
तुलसीपुर, २१ असोज
तुलसीपुरमा एक समूहले अर्को समूहमाथि खुकुरी प्रहार गर्दा दुई युवा घाइते भएका छन् ।
तुलसीपुर नगरपालिका–६ घोराही रोडस्थित सपना रेस्टुरेन्ट अगाडि तुलसीपुर–५ निवासी २५ वर्षीय कृष्णसागर वली र सोही ठाउ“ निवासी २६ वर्षीय सुरज वलीमाथि ६÷७ जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहारबाट हात र खुट्टामा चोट लागेका दुबै जनालाई तुलसीपुरमा रहेको दीर्घायु पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
लामो समयदेखि आपसी मनमुटाव हु“दै आएका बजारका दुई समूहबीच झडप हु“दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुने कृष्णसागर ओली एमालेसम्बद्ध युवा संघका जिल्ला सदस्य हुन् भने अर्को समूहका युवाहरु पनि केही समयअघि एमालेमै प्रवेश गरेका थिए । स्रोतका अनुसार ओलीको समूह क्षेत्र नं. ५ र अर्को समूह क्षेत्र नं. ४ को चुनाव प्रचारमा परिचालित हुने गरेको थियो ।