हरितालिका तीजको सबैलाई महिला हार्दिक मंगलमय शुभकामना।
Wednesday, August 27, 2014
Tuesday, August 26, 2014
तीज र महिला सहअस्तित्वको प्रश्न
Posted by: nayayougbodh.com.np
in विचार
प्रकाश भण्डारी
हरेक वर्षझै भदौ महिनाले हामी नेपालीहरुलाई तीजको मुखमा ल्याइपु¥याएको छ । विशेषतः हिन्दू धर्म मान्ने नेपाली महिलाहरुले यस पर्वलाई विशेष महत्वका साथ मनाउ‘छन् । नेपाललगायत उत्तर भारततिर पनि यस पर्वलाई मनाउने चलन रहिआएको छ ।
हिन्दुहरुले मनाउने हरेक चाडपर्वजस्तै तीज पर्वलाई पनि धेरैले धार्मिक दृष्टिकोणबाट व्याख्या गरेको र अपनाएको पाइन्छ । धार्मिक हिसावले तीजको महत्व त होला तर पनि नेपालजस्तो लैंगिक विभेदयुक्त समाजमा महिलाहरुको लागि तीजको सांस्कृतिक महत्व पनि कम छैन् ।
नेपाल शदियौंदेखि पुरुषप्रधान मुलुक रहिआयो । यसकारण परापूर्वकालदेखि नै घर, परिवार, समाज, राष्ट्र सबै तहमा पुरुषहरुकै हालीमुहाली रह्यो । महिलाहरुमाथि सधै विभेद गरियो । अहिले समाज एक्काइसौं शताब्दीमा हि‘डिरह‘दा पनि लैङ्गिक असमानता देखिरहेका छौं । अहिले पनि हाम्रो घर समाज, देश आदि सबै ठाउ‘मा पुरुषहरुनै निर्णायक तहमा छन् । यस खालको विभेदपूर्ण समाजमा तीज चेलीहरुका लागि आफ्ना सुख–दुःख, पिर–व्यथा आदि गीत तथा नाचका माध्यमबाट बिसाउने चौतारी बन्दै आइरहेको छ ।
तुलनात्मकरुपमा हेर्दा नेपाली महिलाहरुको स्तर सही किसिमले विकास हुन सकिरहेको छैन । गाउ‘ घर भनौं वा शहर बजार सबैतिर चेलीहरु लैङ्गिक विभेद तथा असमान व्यवहारको शिकार हुनु परिरहेको छ । तुलनात्मकरुपमा पुरुषको भन्दा धेरै काम गर्दा पनि महिलाहरुको कामको सही मूल्यांकन ह‘ुदैन । महिलाहरुले गरेको कामलाई काम नै भनिदैन । गाउ‘घरमा घॉस दाउरा, पानी प‘धेरो, खेतीपाती, बालबच्चा लालनपालन यति सबै गर्दा पनि महिलाहरुले पुरुषसरह परिवारमा समान व्यवहार र हैसियत पँउ‘दैनन् र उनीहरुलाई कामदारको रुपमा व्यवहार गरिन्छ । लालनपालन, शिक्षादीक्षा वा अन्य परिवारिक कामकाजमा प्रष्टरुपमा छोरा र छोरीमा विभेद देख्न सकिन्छ ।
यता शहर बजारमा पनि नेपाली महिलाहरुको समान अस्तित्व छैन । पढेलेखेका, हातमा सीप–दक्षता हु‘दाह‘ुदै पनि कैयौं घरपरिवारले महिलाहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिदैनन् । कैयौं नेपाली चेलीहरु सीप–ज्ञान तथा दक्षता हु‘दाह‘ुदै पनि घरमै थुनिएर बस्नु परिरहेको छ । यस किसिमका कैयौं असमानता तथा विभेद आदि नेपाली समाजले बोकेर हि‘डिरहेको छ ।
यस किसिमको विभेदपूर्ण समाजमा तीजजस्ता महिलाहरुका पर्वहरु सुखदुःख बिसाउने तथा पिर मर्का साटासाट गर्ने माध्यम बनेका छन् । परापूर्वकालदेखि नै नेपाली चेलीहरुले आफूले घरमा भोगेका असमान व्यवहार, व्यहोर्न परेका दुःख–सुखलाई गीत तथा नाचको माध्यमबाट बिसाउ‘दै आइरहेका छन् । तीज दुःखसुख बिसाउने मात्रै नभएर महिलाहरुका अधिकार र हकका बारेमा उनीहरुलाई बुझ्ने र बुझाउने माध्यम बन्न सक्छ । स्तर उठेका र जिम्मेवार ठाउ‘मा रहेका महिलाहरुले पछि परेका महिलाहरुको स्तर उठाउन गीत–नाचका माध्यमबाट सन्देश प्रवाह गर्ने माध्यम बनाउन जरुरी छ तीजलाई । तीजलाई प्रगतिशील तरीकाले उपयोग गर्ने तथा महिलाहरुका अधिकारका लागि आवाज उठाउने माध्यमको रुपमा पनि हेर्न थालिएको छ । यस किसिमका सकारात्मक पहलहरुले महिलाहरुको स्तर विकास गर्न भूमिका खेलेका छन् । यस किसिमका प्रगतिशील प्रयास तथा सोचहरुले प्रोत्साहन पाउन जरुरी छ ।
हामीले मनाउने हरेक चाडपर्वहरु समाजमा विकृति फैलाउन, समाजलाई असभ्य तथा कुरुप बनाउन होइन समाजमा चेतना फैलाउन, समाजलाई सकारात्मक दिशामा अगाडि बढाउनका लागि माध्यम बन्नुपर्दछ । यस खालका सकारात्मक सोचका लागि सबैको साथ र सहयोग जरुरी हुन्छ । तीजलाई पनि त्यही माध्यमका रुपमा उपयोग गर्नु श्रेयस्कर हुन्छ ।
समाजमा सह अस्तित्वका लागि महिलाहरु आर्थिक तथा चेतनाको हिसाबले सक्षम हुन जरुरी छ । महिलाहरुले आफ्नो चेतनास्तर विकास सं‘गस‘गै आर्थिक हिसाबले स्वतन्त्र हुन आवश्यक छ । हामीले समाजमा त्यस्ता कैयांै प्रतिनिधि पात्रहरु देखेका छांै जसले आफूलाई सक्षम तथा सवल नारीका रुपमा उभ्याएका छन् । उनीहरुले पुरुष सरह नै परिवारका हरेक क्रियाकलापमा समान सहभागिता जनाउ‘छन् । पारिवारिक खर्च, छोराछोरीको लालनपालन, शिक्षादीक्षा सबैमा हिस्सेदार बन्छन् । त्यस कारण स्वतन्त्रता र सहअस्तित्वका लागि सबै महिलाले आफ्नो शिक्षा–दीक्षा, चेतना, सीप विकास तथा आर्थिक उपार्जनका माध्यम दिन जरुरी छ । श्रृंगार पटारको नाममा गरगहना आदिले बॉधिएर सहअस्तित्व कहिल्यै संभव हुन सक्दैन । सीप र क्षमता हु‘दाह‘ुदै पनि घरभित्र बॉधिएर उनीहरुको विकास हुन सक्दैन । आफ्नो अगाडि आएका हरेक चुनौती तथा अप्ठ्याराहरुस‘ग जुध्दै क्षमता, सीप आदिको विकास गर्ने र आर्थिकरुपमा स्वतन्त्र तथा सबल हुन सके मात्र सहअस्तित्व स्थापित हुन सक्छ ।
तीज पर्व नेपाली महिलाका लागि उनीहरुको चेतनाको स्तर उठाउन, आफ्ना पिरमर्का, अनुभव, सुखदुःख साटफेर गर्न एउटा माध्यम बनोस । स‘गस‘गै अधिकार र कर्तव्यबोध गराउने चौतारी बनोस् यही शुभकामना तीजको सम्पूर्ण नेपाली चेलीहरुलाई ।

Subscribe to:
Posts (Atom)