Friday, August 22, 2014


हिन्द–चीन सम्बन्धका आधारहरु

प्रकाश भण्डारी
भारतमा भर्खरै सम्पन्न निर्वाचनबाट नरेन्द्र मोदी प्रधानमन्त्रीका रुपमा पदस्थापन भएपछि, विकास व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्ध आदि विषयहरुमा केही आशाका साथ चर्चा र परिचर्चा हुने गरेका छन् । यही सन्दर्भमा भारत र चीनबिचको राजनीतिक, आर्थिक तथा व्यापारिक सम्बन्धलाई मोदी सरकारले केही गति दिने ऑकलनहरु गरिएका छन् ।
गुजरातमा मुख्यमन्त्री छ‘दा, चीनस‘गको उनको दरिलो आर्थिक–व्यापारिक सम्बन्धले पनि यो ऑकलनहरुलाई आधार प्रदान गरेको छ । विश्वस्तरमा नै आर्थिकरुपमा उदीयमान राष्ट्रका रुपमा पहिचान बनाएका चीन तथा भारतबीचको सम्बन्धको विषय विश्व राजनीतिको केन्द्रमा छ ।
भर्खरै २०१४, अप्रिलको अन्त्यमा विश्व बैङ्कले निकालेको आर्थिक प्रतिवेदन अनुसार भारत जापानलाई उछिनेर विश्वकै तेस्रो ठूलो अर्थतन्त्रका रुपमा उदाएको छ । उता चीन अमेरिकालाई टक्कर दिदै विश्व महाशक्ति बन्नै दौडमा छ । यी दुबै देशका बीचमा विकास हुने सकारात्मक वा नकारात्मक दुबै किसिमका सम्बन्धले विश्व राजनीतिलाई प्रभाव पार्ने पक्का छ । अतः विश्व भरिबाट नै लगभग स‘गस‘गै सत्तामा पुगेका सि जिब पिङ्ग र नरेन्द्र मोदीका बीचमा विकास हुने सम्बन्धलाई चासोपूर्वक हेरिएको देखिन्छ ।
चीन र भारतले विश्व भौगोलिक नक्सामा मात्र ठूलो भूगोल ओगटेका छैनन्, प्राकृतिक स्रोत, पू‘जी तथा मानव संसाधनका हिसाबले समेत यी देशहरु धेरै अगाडि छन् । विश्वको कुल ग्रार्हस्त उत्पादनमा चीनले १४.९ प्रतिशत (१३.३९५ ट्रिलियन) सहित दोस्रो स्थान ओगटेको छ भने भारत ६.४ प्रतिशत (४.७१६ ट्रिलियन) सहित तेस्रो स्थानमा छ । साथै चीन र भारत जनशक्तिका हिसाबले समेत विश्वकै अग्रस्थानमा छन् ।
यसरी साधन र स्रोतमा धनी यी राष्ट्रहरुले जुन तीब्ररुपमा विकासको लय पक्रेका छन, यसलाई आंकलन गरेर विज्ञहरुले अबको शताब्दीमा विश्व राजनीति एसिया केन्द्रित हुने छ । त्यसमा पनि चीन–भारत केन्द्रित हुने आंकलन गरिरहेका छन् ।
चीन–भारत सम्बन्धको इतिहासलाई अध्ययन गर्दा दोस्रो शताब्दीदेखि नै यी दुई देशका बीचमा सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको देखिन्छ । विशेष गरेर चीनबाट भारत हु‘दै दक्षिण एसियामा बौद्ध धर्मको स्थानान्तरण तथा रेशमी मार्ग ९क्ष्अप च्यबम० ह‘ुदै हुने व्यापार उल्लेख्य छन् । अब नरेन्द्र मोदी सत्तामा आएका छन् । उनको चीनप्रतिको नरम नीति छ । उता चीनको पनि आफ्नै किसिमका स्वार्थहरु छन् । तथ्यांकअनुसार चीनस‘ग हाल लगानीका लागि ३.८ ट्रिलिएन डलर रकम रहेको अनुमान छ । ठूलो जनसंख्या, सस्तो श्रम बजार तथा लगानीअनुकूल वातावरणले गर्दा चीन भारतमा लगानीका लागि आकर्षित हुने सम्भावना छ । साथै चिनियॉ लगानीले चीनको भारतस‘गको व्यापारमा समेत ठूलो टेवा पु¥याउन सक्छ । विशेषत भारतमा दूरसञ्चार, सूचना प्रविधि, द्रुतगतिको रेल, बाटो–घाटो, आणविक ऊर्जा आदि क्षेत्रमा चीन‘ लगानी गर्न इच्छुक रहेको बताइन्छ ।
हुन त पछिल्ला वर्षहरुमा भारतमा हुने लगानीको ज्यादै थोरै हिस्सा चीनले ओगटेको छ, जुन ०.१५ प्रतिशत छ, यता जापानको सबैभन्दा धेरै ७.३ प्रतिशत छ । यसरी चीन एवं भारतका आफ्ना आर्थिक तथा व्यापारिक स्वार्थहरु चीन–भारत सम्बन्ध सुधारका आधारहरु हुन सक्छन् । चीन तथा भारतका बीचमा स्थापित हुने सकारात्मक सम्बन्धले उनीहरुको लागि मात्र नभएर, दक्षिण एशिया वा एशियाको विकासका लागि ठूलो सम्भावना बोकेको छ । यी दुई देशका बीचमा स्थापित हुने राम्रो सम्बन्धले दक्षिण एशियामै राजनीतिक स्थिरता कायम गर्नका लागि समेत काम गर्न सक्छ ।

Wednesday, August 20, 2014

सन्त बहादुर पनि ड्याडी भएछ !

सन्त बहादुर पनि ड्याडी भएछ !

त्यसो त सन्त बहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्त बहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।
सन्त बहादुर करिव ३५-४० वर्ष अगाडि २-३ जना परिवार सहित राजधानी भित्रिएको थियो । उसको पुर्खौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु-बाजेको जग्गा जमिन धेरै जना दाजुभाइमा बाँड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर उ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौँतारियो सन्ते
चिनजानका कोही नभएका अरू काममा आफ्नो बुता पनि नभएकोले त्यति बेला ४-५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पर्थ्यो । दिनभर ज्याला-मजदुरी र अरूको खेत-बारी खन-जोत गरेर साँझमा बस्ने ठाउँमा फर्कँदा उसका छोराछोरोहरू “बा ! बा !!” भन्दै उसको पछि लाग्थे ।
समय बित्दै गयो, सन्तले २-४ जना पुगि सरेका लाई पनि चिन्यो, मेहनत-मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रहँदै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १-२ जना खाइलाग्दाहरूका ठाउँको जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जा टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउँमा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउँथ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १-२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा-छोरीहरू उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।

अझै केही समय बित्दा देशमा केही परिवर्तन भयो र जमिन जोत्नेको पनि जमिनमा भाग आउने कानुन बन्यो । सन्त बहादुरको जीवन झनै आशावादी बन्यो । समयको प्रवाहसँगै ‘जोत-को-पोत’ भन्ने कानुन र भूमिमा द्वैत स्वामित्वको अन्त गर्ने नियम बनेपछि भने उसको जीवनको तस्विर नै बदलियो ।
सुनिन्छ, केही समय अगाडि उसले आफ्नो मोहियानी बापत आएको २ रोपनी जग्गा करौडौंमा बेचेको छ । आजकल ऊ डेराको घर छाडी आफ्नै जमिनमा बनेको सुन्दर घरमा बस्छ । घर मुनिको सटरमा उसको आफ्नै किराना पसल छ । उसका छोरा-छोरीहरू पनि कोही कलेज पढ्छन् त कोही काममा लागिसके । बिहान बेलुकी सन्त आफ्नो पसलमा आफैँ बस्छ र गाउँलेहरू उसलाई ‘सन्त साउ’ भनेर बोलाउँछन् । अँ त, भनिरहनु नपर्ला उसका शिक्षित छोराछोरीहरू उसलाई आजकल ‘ड्याडी’ भनेर बोलाउने गर्छन् ।

नेपाल आयो (लघुकथा)

… नेपाल आयो (लघुकथा)

Boeing and Coffin
अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।
विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।
त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।
पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।
करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।
अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।
सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।

अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।
कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।
नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।
समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।
धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।
सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।