हरितालिका तीजको सबैलाई महिला हार्दिक मंगलमय शुभकामना।
Wednesday, August 27, 2014
Tuesday, August 26, 2014
तीज र महिला सहअस्तित्वको प्रश्न
Posted by: nayayougbodh.com.np
in विचार
प्रकाश भण्डारी
हरेक वर्षझै भदौ महिनाले हामी नेपालीहरुलाई तीजको मुखमा ल्याइपु¥याएको छ । विशेषतः हिन्दू धर्म मान्ने नेपाली महिलाहरुले यस पर्वलाई विशेष महत्वका साथ मनाउ‘छन् । नेपाललगायत उत्तर भारततिर पनि यस पर्वलाई मनाउने चलन रहिआएको छ ।
हिन्दुहरुले मनाउने हरेक चाडपर्वजस्तै तीज पर्वलाई पनि धेरैले धार्मिक दृष्टिकोणबाट व्याख्या गरेको र अपनाएको पाइन्छ । धार्मिक हिसावले तीजको महत्व त होला तर पनि नेपालजस्तो लैंगिक विभेदयुक्त समाजमा महिलाहरुको लागि तीजको सांस्कृतिक महत्व पनि कम छैन् ।
नेपाल शदियौंदेखि पुरुषप्रधान मुलुक रहिआयो । यसकारण परापूर्वकालदेखि नै घर, परिवार, समाज, राष्ट्र सबै तहमा पुरुषहरुकै हालीमुहाली रह्यो । महिलाहरुमाथि सधै विभेद गरियो । अहिले समाज एक्काइसौं शताब्दीमा हि‘डिरह‘दा पनि लैङ्गिक असमानता देखिरहेका छौं । अहिले पनि हाम्रो घर समाज, देश आदि सबै ठाउ‘मा पुरुषहरुनै निर्णायक तहमा छन् । यस खालको विभेदपूर्ण समाजमा तीज चेलीहरुका लागि आफ्ना सुख–दुःख, पिर–व्यथा आदि गीत तथा नाचका माध्यमबाट बिसाउने चौतारी बन्दै आइरहेको छ ।
तुलनात्मकरुपमा हेर्दा नेपाली महिलाहरुको स्तर सही किसिमले विकास हुन सकिरहेको छैन । गाउ‘ घर भनौं वा शहर बजार सबैतिर चेलीहरु लैङ्गिक विभेद तथा असमान व्यवहारको शिकार हुनु परिरहेको छ । तुलनात्मकरुपमा पुरुषको भन्दा धेरै काम गर्दा पनि महिलाहरुको कामको सही मूल्यांकन ह‘ुदैन । महिलाहरुले गरेको कामलाई काम नै भनिदैन । गाउ‘घरमा घॉस दाउरा, पानी प‘धेरो, खेतीपाती, बालबच्चा लालनपालन यति सबै गर्दा पनि महिलाहरुले पुरुषसरह परिवारमा समान व्यवहार र हैसियत पँउ‘दैनन् र उनीहरुलाई कामदारको रुपमा व्यवहार गरिन्छ । लालनपालन, शिक्षादीक्षा वा अन्य परिवारिक कामकाजमा प्रष्टरुपमा छोरा र छोरीमा विभेद देख्न सकिन्छ ।
यता शहर बजारमा पनि नेपाली महिलाहरुको समान अस्तित्व छैन । पढेलेखेका, हातमा सीप–दक्षता हु‘दाह‘ुदै पनि कैयौं घरपरिवारले महिलाहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिदैनन् । कैयौं नेपाली चेलीहरु सीप–ज्ञान तथा दक्षता हु‘दाह‘ुदै पनि घरमै थुनिएर बस्नु परिरहेको छ । यस किसिमका कैयौं असमानता तथा विभेद आदि नेपाली समाजले बोकेर हि‘डिरहेको छ ।
यस किसिमको विभेदपूर्ण समाजमा तीजजस्ता महिलाहरुका पर्वहरु सुखदुःख बिसाउने तथा पिर मर्का साटासाट गर्ने माध्यम बनेका छन् । परापूर्वकालदेखि नै नेपाली चेलीहरुले आफूले घरमा भोगेका असमान व्यवहार, व्यहोर्न परेका दुःख–सुखलाई गीत तथा नाचको माध्यमबाट बिसाउ‘दै आइरहेका छन् । तीज दुःखसुख बिसाउने मात्रै नभएर महिलाहरुका अधिकार र हकका बारेमा उनीहरुलाई बुझ्ने र बुझाउने माध्यम बन्न सक्छ । स्तर उठेका र जिम्मेवार ठाउ‘मा रहेका महिलाहरुले पछि परेका महिलाहरुको स्तर उठाउन गीत–नाचका माध्यमबाट सन्देश प्रवाह गर्ने माध्यम बनाउन जरुरी छ तीजलाई । तीजलाई प्रगतिशील तरीकाले उपयोग गर्ने तथा महिलाहरुका अधिकारका लागि आवाज उठाउने माध्यमको रुपमा पनि हेर्न थालिएको छ । यस किसिमका सकारात्मक पहलहरुले महिलाहरुको स्तर विकास गर्न भूमिका खेलेका छन् । यस किसिमका प्रगतिशील प्रयास तथा सोचहरुले प्रोत्साहन पाउन जरुरी छ ।
हामीले मनाउने हरेक चाडपर्वहरु समाजमा विकृति फैलाउन, समाजलाई असभ्य तथा कुरुप बनाउन होइन समाजमा चेतना फैलाउन, समाजलाई सकारात्मक दिशामा अगाडि बढाउनका लागि माध्यम बन्नुपर्दछ । यस खालका सकारात्मक सोचका लागि सबैको साथ र सहयोग जरुरी हुन्छ । तीजलाई पनि त्यही माध्यमका रुपमा उपयोग गर्नु श्रेयस्कर हुन्छ ।
समाजमा सह अस्तित्वका लागि महिलाहरु आर्थिक तथा चेतनाको हिसाबले सक्षम हुन जरुरी छ । महिलाहरुले आफ्नो चेतनास्तर विकास सं‘गस‘गै आर्थिक हिसाबले स्वतन्त्र हुन आवश्यक छ । हामीले समाजमा त्यस्ता कैयांै प्रतिनिधि पात्रहरु देखेका छांै जसले आफूलाई सक्षम तथा सवल नारीका रुपमा उभ्याएका छन् । उनीहरुले पुरुष सरह नै परिवारका हरेक क्रियाकलापमा समान सहभागिता जनाउ‘छन् । पारिवारिक खर्च, छोराछोरीको लालनपालन, शिक्षादीक्षा सबैमा हिस्सेदार बन्छन् । त्यस कारण स्वतन्त्रता र सहअस्तित्वका लागि सबै महिलाले आफ्नो शिक्षा–दीक्षा, चेतना, सीप विकास तथा आर्थिक उपार्जनका माध्यम दिन जरुरी छ । श्रृंगार पटारको नाममा गरगहना आदिले बॉधिएर सहअस्तित्व कहिल्यै संभव हुन सक्दैन । सीप र क्षमता हु‘दाह‘ुदै पनि घरभित्र बॉधिएर उनीहरुको विकास हुन सक्दैन । आफ्नो अगाडि आएका हरेक चुनौती तथा अप्ठ्याराहरुस‘ग जुध्दै क्षमता, सीप आदिको विकास गर्ने र आर्थिकरुपमा स्वतन्त्र तथा सबल हुन सके मात्र सहअस्तित्व स्थापित हुन सक्छ ।
तीज पर्व नेपाली महिलाका लागि उनीहरुको चेतनाको स्तर उठाउन, आफ्ना पिरमर्का, अनुभव, सुखदुःख साटफेर गर्न एउटा माध्यम बनोस । स‘गस‘गै अधिकार र कर्तव्यबोध गराउने चौतारी बनोस् यही शुभकामना तीजको सम्पूर्ण नेपाली चेलीहरुलाई ।

Friday, August 22, 2014
हिन्द–चीन सम्बन्धका आधारहरु
Posted by: nayayougbodh.com.np
in विचार
प्रकाश भण्डारी
भारतमा भर्खरै सम्पन्न निर्वाचनबाट नरेन्द्र मोदी प्रधानमन्त्रीका रुपमा पदस्थापन भएपछि, विकास व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्ध आदि विषयहरुमा केही आशाका साथ चर्चा र परिचर्चा हुने गरेका छन् । यही सन्दर्भमा भारत र चीनबिचको राजनीतिक, आर्थिक तथा व्यापारिक सम्बन्धलाई मोदी सरकारले केही गति दिने ऑकलनहरु गरिएका छन् ।
गुजरातमा मुख्यमन्त्री छ‘दा, चीनस‘गको उनको दरिलो आर्थिक–व्यापारिक सम्बन्धले पनि यो ऑकलनहरुलाई आधार प्रदान गरेको छ । विश्वस्तरमा नै आर्थिकरुपमा उदीयमान राष्ट्रका रुपमा पहिचान बनाएका चीन तथा भारतबीचको सम्बन्धको विषय विश्व राजनीतिको केन्द्रमा छ ।
भर्खरै २०१४, अप्रिलको अन्त्यमा विश्व बैङ्कले निकालेको आर्थिक प्रतिवेदन अनुसार भारत जापानलाई उछिनेर विश्वकै तेस्रो ठूलो अर्थतन्त्रका रुपमा उदाएको छ । उता चीन अमेरिकालाई टक्कर दिदै विश्व महाशक्ति बन्नै दौडमा छ । यी दुबै देशका बीचमा विकास हुने सकारात्मक वा नकारात्मक दुबै किसिमका सम्बन्धले विश्व राजनीतिलाई प्रभाव पार्ने पक्का छ । अतः विश्व भरिबाट नै लगभग स‘गस‘गै सत्तामा पुगेका सि जिब पिङ्ग र नरेन्द्र मोदीका बीचमा विकास हुने सम्बन्धलाई चासोपूर्वक हेरिएको देखिन्छ ।
चीन र भारतले विश्व भौगोलिक नक्सामा मात्र ठूलो भूगोल ओगटेका छैनन्, प्राकृतिक स्रोत, पू‘जी तथा मानव संसाधनका हिसाबले समेत यी देशहरु धेरै अगाडि छन् । विश्वको कुल ग्रार्हस्त उत्पादनमा चीनले १४.९ प्रतिशत (१३.३९५ ट्रिलियन) सहित दोस्रो स्थान ओगटेको छ भने भारत ६.४ प्रतिशत (४.७१६ ट्रिलियन) सहित तेस्रो स्थानमा छ । साथै चीन र भारत जनशक्तिका हिसाबले समेत विश्वकै अग्रस्थानमा छन् ।
यसरी साधन र स्रोतमा धनी यी राष्ट्रहरुले जुन तीब्ररुपमा विकासको लय पक्रेका छन, यसलाई आंकलन गरेर विज्ञहरुले अबको शताब्दीमा विश्व राजनीति एसिया केन्द्रित हुने छ । त्यसमा पनि चीन–भारत केन्द्रित हुने आंकलन गरिरहेका छन् ।
चीन–भारत सम्बन्धको इतिहासलाई अध्ययन गर्दा दोस्रो शताब्दीदेखि नै यी दुई देशका बीचमा सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको देखिन्छ । विशेष गरेर चीनबाट भारत हु‘दै दक्षिण एसियामा बौद्ध धर्मको स्थानान्तरण तथा रेशमी मार्ग ९क्ष्अप च्यबम० ह‘ुदै हुने व्यापार उल्लेख्य छन् । अब नरेन्द्र मोदी सत्तामा आएका छन् । उनको चीनप्रतिको नरम नीति छ । उता चीनको पनि आफ्नै किसिमका स्वार्थहरु छन् । तथ्यांकअनुसार चीनस‘ग हाल लगानीका लागि ३.८ ट्रिलिएन डलर रकम रहेको अनुमान छ । ठूलो जनसंख्या, सस्तो श्रम बजार तथा लगानीअनुकूल वातावरणले गर्दा चीन भारतमा लगानीका लागि आकर्षित हुने सम्भावना छ । साथै चिनियॉ लगानीले चीनको भारतस‘गको व्यापारमा समेत ठूलो टेवा पु¥याउन सक्छ । विशेषत भारतमा दूरसञ्चार, सूचना प्रविधि, द्रुतगतिको रेल, बाटो–घाटो, आणविक ऊर्जा आदि क्षेत्रमा चीन‘ लगानी गर्न इच्छुक रहेको बताइन्छ ।
हुन त पछिल्ला वर्षहरुमा भारतमा हुने लगानीको ज्यादै थोरै हिस्सा चीनले ओगटेको छ, जुन ०.१५ प्रतिशत छ, यता जापानको सबैभन्दा धेरै ७.३ प्रतिशत छ । यसरी चीन एवं भारतका आफ्ना आर्थिक तथा व्यापारिक स्वार्थहरु चीन–भारत सम्बन्ध सुधारका आधारहरु हुन सक्छन् । चीन तथा भारतका बीचमा स्थापित हुने सकारात्मक सम्बन्धले उनीहरुको लागि मात्र नभएर, दक्षिण एशिया वा एशियाको विकासका लागि ठूलो सम्भावना बोकेको छ । यी दुई देशका बीचमा स्थापित हुने राम्रो सम्बन्धले दक्षिण एशियामै राजनीतिक स्थिरता कायम गर्नका लागि समेत काम गर्न सक्छ ।

Wednesday, August 20, 2014
सन्त बहादुर पनि ड्याडी भएछ !
सन्त बहादुर पनि ड्याडी भएछ !
30 October , 2011 — Dilip Acharya
त्यसो त सन्त बहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र
उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्त बहादुर
ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।
सन्त बहादुर करिव ३५-४० वर्ष अगाडि २-३ जना परिवार सहित राजधानी भित्रिएको थियो । उसको पुर्खौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु-बाजेको जग्गा जमिन धेरै जना दाजुभाइमा बाँड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर उ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौँतारियो सन्ते ।
चिनजानका कोही नभएका अरू काममा आफ्नो बुता पनि नभएकोले त्यति बेला ४-५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पर्थ्यो । दिनभर ज्याला-मजदुरी र अरूको खेत-बारी खन-जोत गरेर साँझमा बस्ने ठाउँमा फर्कँदा उसका छोराछोरोहरू “बा ! बा !!” भन्दै उसको पछि लाग्थे ।
समय बित्दै गयो, सन्तले २-४ जना पुगि सरेका लाई पनि चिन्यो, मेहनत-मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रहँदै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १-२ जना खाइलाग्दाहरूका ठाउँको जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जा टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउँमा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउँथ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १-२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा-छोरीहरू उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।
अझै केही समय बित्दा देशमा केही परिवर्तन भयो र जमिन जोत्नेको पनि जमिनमा भाग आउने कानुन बन्यो । सन्त बहादुरको जीवन झनै आशावादी बन्यो । समयको प्रवाहसँगै ‘जोत-को-पोत’ भन्ने कानुन र भूमिमा द्वैत स्वामित्वको अन्त गर्ने नियम बनेपछि भने उसको जीवनको तस्विर नै बदलियो ।
सुनिन्छ, केही समय अगाडि उसले आफ्नो मोहियानी बापत आएको २ रोपनी जग्गा करौडौंमा बेचेको छ । आजकल ऊ डेराको घर छाडी आफ्नै जमिनमा बनेको सुन्दर घरमा बस्छ । घर मुनिको सटरमा उसको आफ्नै किराना पसल छ । उसका छोरा-छोरीहरू पनि कोही कलेज पढ्छन् त कोही काममा लागिसके । बिहान बेलुकी सन्त आफ्नो पसलमा आफैँ बस्छ र गाउँलेहरू उसलाई ‘सन्त साउ’ भनेर बोलाउँछन् । अँ त, भनिरहनु नपर्ला उसका शिक्षित छोराछोरीहरू उसलाई आजकल ‘ड्याडी’ भनेर बोलाउने गर्छन् ।

नेपाल आयो (लघुकथा)
… नेपाल आयो (लघुकथा)
4 April , 2012 — Dilip Acharya
ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।
विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।
त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।
पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।
करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।
सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।
अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।
कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।
नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।
समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।
धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।
सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।
Subscribe to:
Posts (Atom)