Friday, October 23, 2015

Ghost Typing Keyboard

fast-typer
Wants some fun with your keyboard?
Do you want to make your keyboard self typing as ghost typing ?
Then copy the codes below and above “________________” in notepad.
________________________________________________________________
set wshshell=wscript.CreateObject(“wScript.Shell”)
wshshell.run “Notepad”
wscript.sleep 400
wshshell.sendkeys “D”
wscript.sleep 300
wshshell.sendkeys “I”
wscript.sleep 150
wshshell.sendkeys “N”
wscript.sleep 200
wshshell.sendkeys “E”
wscript.sleep 250
wshshell.sendkeys “S”
wscript.sleep 110
wshshell.sendkeys “H”
wscript.sleep 600
wshshell.sendkeys ” “
wscript.sleep 100
wshshell.sendkeys “B”
wscript.sleep 400
wshshell.sendkeys “I”
wscript.sleep 200
wshshell.sendkeys “S”
wscript.sleep 210
wshshell.sendkeys “H”
wscript.sleep 220
wshshell.sendkeys “W”
wscript.sleep 270
wshshell.sendkeys “A”
wscript.sleep 250
wshshell.sendkeys “K”
wscript.sleep 300
wshshell.sendkeys “A”
wscript.sleep 222
wshshell.sendkeys “R”
wscript.sleep 212
wshshell.sendkeys “M”
wscript.sleep 411
wshshell.sendkeys “A”
_________________________________________________________________
After this save your life with the extension “.vbs”. For example, “dinesh.vbs”.
Finally Double click the file.
If you feel any problem then feel free to comment.
(This post is originally from www.dineshbishwakarma.com.np )

Thursday, July 9, 2015

Wednesday, July 8, 2015

Top 5 REASONS why you should leave your family once in your life.

Staying with your family is one of the best part of your life.  When you even wake up late in the morning , you have your breakfast prepared for you. Now, think you get a mail with a subject that you have got admission/job in the city far from you. Well you have to leave your home & family for better life. Leaving you home is one of the good thing you gonna do. Here are some reasons why should you must leave your home & family once in a life.

1. Makes you Independent

Wednesday, August 27, 2014

हरितालिका तीजको सबैलाई महिला हार्दिक मंगलमय शुभकामना।

Tuesday, August 26, 2014

तीज र महिला सहअस्तित्वको प्रश्न

प्रकाश भण्डारी
हरेक वर्षझै भदौ महिनाले हामी नेपालीहरुलाई तीजको मुखमा ल्याइपु¥याएको छ । विशेषतः हिन्दू धर्म मान्ने नेपाली महिलाहरुले यस पर्वलाई विशेष महत्वका साथ मनाउ‘छन् । नेपाललगायत उत्तर भारततिर पनि यस पर्वलाई मनाउने चलन रहिआएको छ ।
हिन्दुहरुले मनाउने हरेक चाडपर्वजस्तै तीज पर्वलाई पनि धेरैले धार्मिक दृष्टिकोणबाट व्याख्या गरेको र अपनाएको पाइन्छ । धार्मिक हिसावले तीजको महत्व त होला तर पनि नेपालजस्तो लैंगिक विभेदयुक्त समाजमा महिलाहरुको लागि तीजको सांस्कृतिक महत्व पनि कम छैन् ।
नेपाल शदियौंदेखि पुरुषप्रधान मुलुक रहिआयो । यसकारण परापूर्वकालदेखि नै घर, परिवार, समाज, राष्ट्र सबै तहमा पुरुषहरुकै हालीमुहाली रह्यो । महिलाहरुमाथि सधै विभेद गरियो । अहिले समाज एक्काइसौं शताब्दीमा हि‘डिरह‘दा पनि लैङ्गिक असमानता देखिरहेका छौं । अहिले पनि हाम्रो घर समाज, देश आदि सबै ठाउ‘मा पुरुषहरुनै निर्णायक तहमा छन् । यस खालको विभेदपूर्ण समाजमा तीज चेलीहरुका लागि आफ्ना सुख–दुःख, पिर–व्यथा आदि गीत तथा नाचका माध्यमबाट बिसाउने चौतारी बन्दै आइरहेको छ ।
तुलनात्मकरुपमा हेर्दा नेपाली महिलाहरुको स्तर सही किसिमले विकास हुन सकिरहेको छैन । गाउ‘ घर भनौं वा शहर बजार सबैतिर चेलीहरु लैङ्गिक विभेद तथा असमान व्यवहारको शिकार हुनु परिरहेको छ । तुलनात्मकरुपमा पुरुषको भन्दा धेरै काम गर्दा पनि महिलाहरुको कामको सही मूल्यांकन ह‘ुदैन । महिलाहरुले गरेको कामलाई काम नै भनिदैन । गाउ‘घरमा घॉस दाउरा, पानी प‘धेरो, खेतीपाती, बालबच्चा लालनपालन यति सबै गर्दा पनि महिलाहरुले पुरुषसरह परिवारमा समान व्यवहार र हैसियत पँउ‘दैनन् र उनीहरुलाई कामदारको रुपमा व्यवहार गरिन्छ । लालनपालन, शिक्षादीक्षा वा अन्य परिवारिक कामकाजमा प्रष्टरुपमा छोरा र छोरीमा विभेद देख्न सकिन्छ ।
यता शहर बजारमा पनि नेपाली महिलाहरुको समान अस्तित्व छैन । पढेलेखेका, हातमा सीप–दक्षता हु‘दाह‘ुदै पनि कैयौं घरपरिवारले महिलाहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिदैनन् । कैयौं नेपाली चेलीहरु सीप–ज्ञान तथा दक्षता हु‘दाह‘ुदै पनि घरमै थुनिएर बस्नु परिरहेको छ । यस किसिमका कैयौं असमानता तथा विभेद आदि नेपाली समाजले बोकेर हि‘डिरहेको छ ।
यस किसिमको विभेदपूर्ण समाजमा तीजजस्ता महिलाहरुका पर्वहरु सुखदुःख बिसाउने तथा पिर मर्का साटासाट गर्ने माध्यम बनेका छन् । परापूर्वकालदेखि नै नेपाली चेलीहरुले आफूले घरमा भोगेका असमान व्यवहार, व्यहोर्न परेका दुःख–सुखलाई गीत तथा नाचको माध्यमबाट बिसाउ‘दै आइरहेका छन् । तीज दुःखसुख बिसाउने मात्रै नभएर महिलाहरुका अधिकार र हकका बारेमा उनीहरुलाई बुझ्ने र बुझाउने माध्यम बन्न सक्छ । स्तर उठेका र जिम्मेवार ठाउ‘मा रहेका महिलाहरुले पछि परेका महिलाहरुको स्तर उठाउन गीत–नाचका माध्यमबाट सन्देश प्रवाह गर्ने माध्यम बनाउन जरुरी छ तीजलाई । तीजलाई प्रगतिशील तरीकाले उपयोग गर्ने तथा महिलाहरुका अधिकारका लागि आवाज उठाउने माध्यमको रुपमा पनि हेर्न थालिएको छ । यस किसिमका सकारात्मक पहलहरुले महिलाहरुको स्तर विकास गर्न भूमिका खेलेका छन् । यस किसिमका प्रगतिशील प्रयास तथा सोचहरुले प्रोत्साहन पाउन जरुरी छ ।
हामीले मनाउने हरेक चाडपर्वहरु समाजमा विकृति फैलाउन, समाजलाई असभ्य तथा कुरुप बनाउन होइन समाजमा चेतना फैलाउन, समाजलाई सकारात्मक दिशामा अगाडि बढाउनका लागि माध्यम बन्नुपर्दछ । यस खालका सकारात्मक सोचका लागि सबैको साथ र सहयोग जरुरी हुन्छ । तीजलाई पनि त्यही माध्यमका रुपमा उपयोग गर्नु श्रेयस्कर हुन्छ ।
समाजमा सह अस्तित्वका लागि महिलाहरु आर्थिक तथा चेतनाको हिसाबले सक्षम हुन जरुरी छ । महिलाहरुले आफ्नो चेतनास्तर विकास सं‘गस‘गै आर्थिक हिसाबले स्वतन्त्र हुन आवश्यक छ । हामीले समाजमा त्यस्ता कैयांै प्रतिनिधि पात्रहरु देखेका छांै जसले आफूलाई सक्षम तथा सवल नारीका रुपमा उभ्याएका छन् । उनीहरुले पुरुष सरह नै परिवारका हरेक क्रियाकलापमा समान सहभागिता जनाउ‘छन् । पारिवारिक खर्च, छोराछोरीको लालनपालन, शिक्षादीक्षा सबैमा हिस्सेदार बन्छन् । त्यस कारण स्वतन्त्रता र सहअस्तित्वका लागि सबै महिलाले आफ्नो शिक्षा–दीक्षा, चेतना, सीप विकास तथा आर्थिक उपार्जनका माध्यम दिन जरुरी छ । श्रृंगार पटारको नाममा गरगहना आदिले बॉधिएर सहअस्तित्व कहिल्यै संभव हुन सक्दैन । सीप र क्षमता हु‘दाह‘ुदै पनि घरभित्र बॉधिएर उनीहरुको विकास हुन सक्दैन । आफ्नो अगाडि आएका हरेक चुनौती तथा अप्ठ्याराहरुस‘ग जुध्दै क्षमता, सीप आदिको विकास गर्ने र आर्थिकरुपमा स्वतन्त्र तथा सबल हुन सके मात्र सहअस्तित्व स्थापित हुन सक्छ ।
तीज पर्व नेपाली महिलाका लागि उनीहरुको चेतनाको स्तर उठाउन, आफ्ना पिरमर्का, अनुभव, सुखदुःख साटफेर गर्न एउटा माध्यम बनोस । स‘गस‘गै अधिकार र कर्तव्यबोध गराउने चौतारी बनोस् यही शुभकामना तीजको सम्पूर्ण नेपाली चेलीहरुलाई ।

Friday, August 22, 2014


हिन्द–चीन सम्बन्धका आधारहरु

प्रकाश भण्डारी
भारतमा भर्खरै सम्पन्न निर्वाचनबाट नरेन्द्र मोदी प्रधानमन्त्रीका रुपमा पदस्थापन भएपछि, विकास व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्ध आदि विषयहरुमा केही आशाका साथ चर्चा र परिचर्चा हुने गरेका छन् । यही सन्दर्भमा भारत र चीनबिचको राजनीतिक, आर्थिक तथा व्यापारिक सम्बन्धलाई मोदी सरकारले केही गति दिने ऑकलनहरु गरिएका छन् ।
गुजरातमा मुख्यमन्त्री छ‘दा, चीनस‘गको उनको दरिलो आर्थिक–व्यापारिक सम्बन्धले पनि यो ऑकलनहरुलाई आधार प्रदान गरेको छ । विश्वस्तरमा नै आर्थिकरुपमा उदीयमान राष्ट्रका रुपमा पहिचान बनाएका चीन तथा भारतबीचको सम्बन्धको विषय विश्व राजनीतिको केन्द्रमा छ ।
भर्खरै २०१४, अप्रिलको अन्त्यमा विश्व बैङ्कले निकालेको आर्थिक प्रतिवेदन अनुसार भारत जापानलाई उछिनेर विश्वकै तेस्रो ठूलो अर्थतन्त्रका रुपमा उदाएको छ । उता चीन अमेरिकालाई टक्कर दिदै विश्व महाशक्ति बन्नै दौडमा छ । यी दुबै देशका बीचमा विकास हुने सकारात्मक वा नकारात्मक दुबै किसिमका सम्बन्धले विश्व राजनीतिलाई प्रभाव पार्ने पक्का छ । अतः विश्व भरिबाट नै लगभग स‘गस‘गै सत्तामा पुगेका सि जिब पिङ्ग र नरेन्द्र मोदीका बीचमा विकास हुने सम्बन्धलाई चासोपूर्वक हेरिएको देखिन्छ ।
चीन र भारतले विश्व भौगोलिक नक्सामा मात्र ठूलो भूगोल ओगटेका छैनन्, प्राकृतिक स्रोत, पू‘जी तथा मानव संसाधनका हिसाबले समेत यी देशहरु धेरै अगाडि छन् । विश्वको कुल ग्रार्हस्त उत्पादनमा चीनले १४.९ प्रतिशत (१३.३९५ ट्रिलियन) सहित दोस्रो स्थान ओगटेको छ भने भारत ६.४ प्रतिशत (४.७१६ ट्रिलियन) सहित तेस्रो स्थानमा छ । साथै चीन र भारत जनशक्तिका हिसाबले समेत विश्वकै अग्रस्थानमा छन् ।
यसरी साधन र स्रोतमा धनी यी राष्ट्रहरुले जुन तीब्ररुपमा विकासको लय पक्रेका छन, यसलाई आंकलन गरेर विज्ञहरुले अबको शताब्दीमा विश्व राजनीति एसिया केन्द्रित हुने छ । त्यसमा पनि चीन–भारत केन्द्रित हुने आंकलन गरिरहेका छन् ।
चीन–भारत सम्बन्धको इतिहासलाई अध्ययन गर्दा दोस्रो शताब्दीदेखि नै यी दुई देशका बीचमा सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको देखिन्छ । विशेष गरेर चीनबाट भारत हु‘दै दक्षिण एसियामा बौद्ध धर्मको स्थानान्तरण तथा रेशमी मार्ग ९क्ष्अप च्यबम० ह‘ुदै हुने व्यापार उल्लेख्य छन् । अब नरेन्द्र मोदी सत्तामा आएका छन् । उनको चीनप्रतिको नरम नीति छ । उता चीनको पनि आफ्नै किसिमका स्वार्थहरु छन् । तथ्यांकअनुसार चीनस‘ग हाल लगानीका लागि ३.८ ट्रिलिएन डलर रकम रहेको अनुमान छ । ठूलो जनसंख्या, सस्तो श्रम बजार तथा लगानीअनुकूल वातावरणले गर्दा चीन भारतमा लगानीका लागि आकर्षित हुने सम्भावना छ । साथै चिनियॉ लगानीले चीनको भारतस‘गको व्यापारमा समेत ठूलो टेवा पु¥याउन सक्छ । विशेषत भारतमा दूरसञ्चार, सूचना प्रविधि, द्रुतगतिको रेल, बाटो–घाटो, आणविक ऊर्जा आदि क्षेत्रमा चीन‘ लगानी गर्न इच्छुक रहेको बताइन्छ ।
हुन त पछिल्ला वर्षहरुमा भारतमा हुने लगानीको ज्यादै थोरै हिस्सा चीनले ओगटेको छ, जुन ०.१५ प्रतिशत छ, यता जापानको सबैभन्दा धेरै ७.३ प्रतिशत छ । यसरी चीन एवं भारतका आफ्ना आर्थिक तथा व्यापारिक स्वार्थहरु चीन–भारत सम्बन्ध सुधारका आधारहरु हुन सक्छन् । चीन तथा भारतका बीचमा स्थापित हुने सकारात्मक सम्बन्धले उनीहरुको लागि मात्र नभएर, दक्षिण एशिया वा एशियाको विकासका लागि ठूलो सम्भावना बोकेको छ । यी दुई देशका बीचमा स्थापित हुने राम्रो सम्बन्धले दक्षिण एशियामै राजनीतिक स्थिरता कायम गर्नका लागि समेत काम गर्न सक्छ ।

Wednesday, August 20, 2014

सन्त बहादुर पनि ड्याडी भएछ !

सन्त बहादुर पनि ड्याडी भएछ !

त्यसो त सन्त बहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्त बहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।
सन्त बहादुर करिव ३५-४० वर्ष अगाडि २-३ जना परिवार सहित राजधानी भित्रिएको थियो । उसको पुर्खौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु-बाजेको जग्गा जमिन धेरै जना दाजुभाइमा बाँड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर उ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौँतारियो सन्ते
चिनजानका कोही नभएका अरू काममा आफ्नो बुता पनि नभएकोले त्यति बेला ४-५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पर्थ्यो । दिनभर ज्याला-मजदुरी र अरूको खेत-बारी खन-जोत गरेर साँझमा बस्ने ठाउँमा फर्कँदा उसका छोराछोरोहरू “बा ! बा !!” भन्दै उसको पछि लाग्थे ।
समय बित्दै गयो, सन्तले २-४ जना पुगि सरेका लाई पनि चिन्यो, मेहनत-मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रहँदै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १-२ जना खाइलाग्दाहरूका ठाउँको जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जा टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउँमा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउँथ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १-२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा-छोरीहरू उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।

अझै केही समय बित्दा देशमा केही परिवर्तन भयो र जमिन जोत्नेको पनि जमिनमा भाग आउने कानुन बन्यो । सन्त बहादुरको जीवन झनै आशावादी बन्यो । समयको प्रवाहसँगै ‘जोत-को-पोत’ भन्ने कानुन र भूमिमा द्वैत स्वामित्वको अन्त गर्ने नियम बनेपछि भने उसको जीवनको तस्विर नै बदलियो ।
सुनिन्छ, केही समय अगाडि उसले आफ्नो मोहियानी बापत आएको २ रोपनी जग्गा करौडौंमा बेचेको छ । आजकल ऊ डेराको घर छाडी आफ्नै जमिनमा बनेको सुन्दर घरमा बस्छ । घर मुनिको सटरमा उसको आफ्नै किराना पसल छ । उसका छोरा-छोरीहरू पनि कोही कलेज पढ्छन् त कोही काममा लागिसके । बिहान बेलुकी सन्त आफ्नो पसलमा आफैँ बस्छ र गाउँलेहरू उसलाई ‘सन्त साउ’ भनेर बोलाउँछन् । अँ त, भनिरहनु नपर्ला उसका शिक्षित छोराछोरीहरू उसलाई आजकल ‘ड्याडी’ भनेर बोलाउने गर्छन् ।