तीज र महिला सहअस्तित्वको प्रश्न
प्रकाश भण्डारी
हरेक वर्षझै भदौ महिनाले हामी नेपालीहरुलाई तीजको मुखमा ल्याइपु¥याएको छ ।
विशेषतः हिन्दू धर्म मान्ने नेपाली महिलाहरुले यस पर्वलाई विशेष महत्वका
साथ मनाउ‘छन् । नेपाललगायत उत्तर भारततिर पनि यस पर्वलाई मनाउने चलन
रहिआएको छ ।
हिन्दुहरुले मनाउने हरेक चाडपर्वजस्तै तीज पर्वलाई पनि धेरैले धार्मिक
दृष्टिकोणबाट व्याख्या गरेको र अपनाएको पाइन्छ । धार्मिक हिसावले तीजको
महत्व त होला तर पनि नेपालजस्तो लैंगिक विभेदयुक्त समाजमा महिलाहरुको लागि
तीजको सांस्कृतिक महत्व पनि कम छैन् ।
नेपाल शदियौंदेखि पुरुषप्रधान मुलुक रहिआयो । यसकारण परापूर्वकालदेखि नै
घर, परिवार, समाज, राष्ट्र सबै तहमा पुरुषहरुकै हालीमुहाली रह्यो ।
महिलाहरुमाथि सधै विभेद गरियो । अहिले समाज एक्काइसौं शताब्दीमा हि‘डिरह‘दा
पनि लैङ्गिक असमानता देखिरहेका छौं । अहिले पनि हाम्रो घर समाज, देश आदि
सबै ठाउ‘मा पुरुषहरुनै निर्णायक तहमा छन् । यस खालको विभेदपूर्ण समाजमा तीज
चेलीहरुका लागि आफ्ना सुख–दुःख, पिर–व्यथा आदि गीत तथा नाचका माध्यमबाट
बिसाउने चौतारी बन्दै आइरहेको छ ।
तुलनात्मकरुपमा हेर्दा नेपाली महिलाहरुको स्तर सही किसिमले विकास हुन
सकिरहेको छैन । गाउ‘ घर भनौं वा शहर बजार सबैतिर चेलीहरु लैङ्गिक विभेद तथा
असमान व्यवहारको शिकार हुनु परिरहेको छ । तुलनात्मकरुपमा पुरुषको भन्दा
धेरै काम गर्दा पनि महिलाहरुको कामको सही मूल्यांकन ह‘ुदैन । महिलाहरुले
गरेको कामलाई काम नै भनिदैन । गाउ‘घरमा घॉस दाउरा, पानी प‘धेरो, खेतीपाती,
बालबच्चा लालनपालन यति सबै गर्दा पनि महिलाहरुले पुरुषसरह परिवारमा समान
व्यवहार र हैसियत पँउ‘दैनन् र उनीहरुलाई कामदारको रुपमा व्यवहार गरिन्छ ।
लालनपालन, शिक्षादीक्षा वा अन्य परिवारिक कामकाजमा प्रष्टरुपमा छोरा र
छोरीमा विभेद देख्न सकिन्छ ।
यता शहर बजारमा पनि नेपाली महिलाहरुको समान अस्तित्व छैन । पढेलेखेका,
हातमा सीप–दक्षता हु‘दाह‘ुदै पनि कैयौं घरपरिवारले महिलाहरुलाई
स्वतन्त्रतापूर्वक काम गर्न दिदैनन् । कैयौं नेपाली चेलीहरु सीप–ज्ञान तथा
दक्षता हु‘दाह‘ुदै पनि घरमै थुनिएर बस्नु परिरहेको छ । यस किसिमका कैयौं
असमानता तथा विभेद आदि नेपाली समाजले बोकेर हि‘डिरहेको छ ।
यस किसिमको विभेदपूर्ण समाजमा तीजजस्ता महिलाहरुका पर्वहरु सुखदुःख बिसाउने
तथा पिर मर्का साटासाट गर्ने माध्यम बनेका छन् । परापूर्वकालदेखि नै
नेपाली चेलीहरुले आफूले घरमा भोगेका असमान व्यवहार, व्यहोर्न परेका
दुःख–सुखलाई गीत तथा नाचको माध्यमबाट बिसाउ‘दै आइरहेका छन् । तीज दुःखसुख
बिसाउने मात्रै नभएर महिलाहरुका अधिकार र हकका बारेमा उनीहरुलाई बुझ्ने र
बुझाउने माध्यम बन्न सक्छ । स्तर उठेका र जिम्मेवार ठाउ‘मा रहेका
महिलाहरुले पछि परेका महिलाहरुको स्तर उठाउन गीत–नाचका माध्यमबाट सन्देश
प्रवाह गर्ने माध्यम बनाउन जरुरी छ तीजलाई । तीजलाई प्रगतिशील तरीकाले
उपयोग गर्ने तथा महिलाहरुका अधिकारका लागि आवाज उठाउने माध्यमको रुपमा पनि
हेर्न थालिएको छ । यस किसिमका सकारात्मक पहलहरुले महिलाहरुको स्तर विकास
गर्न भूमिका खेलेका छन् । यस किसिमका प्रगतिशील प्रयास तथा सोचहरुले
प्रोत्साहन पाउन जरुरी छ ।
हामीले मनाउने हरेक चाडपर्वहरु समाजमा विकृति फैलाउन, समाजलाई असभ्य तथा
कुरुप बनाउन होइन समाजमा चेतना फैलाउन, समाजलाई सकारात्मक दिशामा अगाडि
बढाउनका लागि माध्यम बन्नुपर्दछ । यस खालका सकारात्मक सोचका लागि सबैको साथ
र सहयोग जरुरी हुन्छ । तीजलाई पनि त्यही माध्यमका रुपमा उपयोग गर्नु
श्रेयस्कर हुन्छ ।
समाजमा सह अस्तित्वका लागि महिलाहरु आर्थिक तथा चेतनाको हिसाबले सक्षम हुन
जरुरी छ । महिलाहरुले आफ्नो चेतनास्तर विकास सं‘गस‘गै आर्थिक हिसाबले
स्वतन्त्र हुन आवश्यक छ । हामीले समाजमा त्यस्ता कैयांै प्रतिनिधि पात्रहरु
देखेका छांै जसले आफूलाई सक्षम तथा सवल नारीका रुपमा उभ्याएका छन् ।
उनीहरुले पुरुष सरह नै परिवारका हरेक क्रियाकलापमा समान सहभागिता
जनाउ‘छन् । पारिवारिक खर्च, छोराछोरीको लालनपालन, शिक्षादीक्षा सबैमा
हिस्सेदार बन्छन् । त्यस कारण स्वतन्त्रता र सहअस्तित्वका लागि सबै महिलाले
आफ्नो शिक्षा–दीक्षा, चेतना, सीप विकास तथा आर्थिक उपार्जनका माध्यम दिन
जरुरी छ । श्रृंगार पटारको नाममा गरगहना आदिले बॉधिएर सहअस्तित्व कहिल्यै
संभव हुन सक्दैन । सीप र क्षमता हु‘दाह‘ुदै पनि घरभित्र बॉधिएर उनीहरुको
विकास हुन सक्दैन । आफ्नो अगाडि आएका हरेक चुनौती तथा अप्ठ्याराहरुस‘ग
जुध्दै क्षमता, सीप आदिको विकास गर्ने र आर्थिकरुपमा स्वतन्त्र तथा सबल हुन
सके मात्र सहअस्तित्व स्थापित हुन सक्छ ।
तीज पर्व नेपाली महिलाका लागि उनीहरुको चेतनाको स्तर उठाउन, आफ्ना
पिरमर्का, अनुभव, सुखदुःख साटफेर गर्न एउटा माध्यम बनोस । स‘गस‘गै अधिकार र
कर्तव्यबोध गराउने चौतारी बनोस् यही शुभकामना तीजको सम्पूर्ण नेपाली
चेलीहरुलाई ।